Logo
७ बैशाख २०८१, शुक्रबार
(March 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलियाको ‘गंगुबाई काठियावाडी’ को नयाँ लुक्स बन्यो भाइरल !

बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो समय चर्चामा रहेकी छन् । उनी र्चचामा रहनुको पछाडि फिल्म ‘गंगुबाई काठियावाडी’ को कारणले चर्चामा रहेकी छन् ।

अहिले अभिनेत्री आलियाले फिल्मको एक पोस्टर समेत सार्वजनिक गरेकी छन् । जुन भाइरल भैरहेको छ ।  निर्देशक सञ्जयलीला भञ्सालीले फिल्मको टीजर आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका थिए । जसमा रहेको आलियाको लुक्स निकै मन पराइएको थियो ।

आलियाले फिल्मका न्यु पोस्टर शेयर गर्दै फ्यानलाई अन्यवाद समेत दिएकी छन् । ‘तपाईहरुले गंगुलाई निकै माया दिनुभयो । त्यसको लागि धन्यवाद’ आलियाले लेखेकी छन् ।

पोष्टरमा सेतो साडीमा गंगुबाई बनेकी आलिया गाडीको अगाडि बसेर तस्बिर पोज दिएकी छन् । उनको साथमा एक पर्स देख्न सकिन्छ । फ्यानले आलियाको यो लुक्सलाई समेत मनपराएका छन् । केन्टमा उनको तारिफ गरेका छन् ।

आलियाको यो फिल्म ‘गंगुबाई काठियावाडी’ बुक ‘द माफिया क्वीन अफ मुम्बई’मा आधारित रहेको छ । हुसैन जैदीले यस कितावलाई लेखेका हुन् ।

सञ्जयलीला भंसालीको निर्देशन रहेको फिल्म ३० जुलाईमा पर्दामा रिलिज हुँदैछ ।एजेन्सी

प्रकाशित मिति: Mar 1, 2021

प्रतिक्रिया दिनुहोस्