Logo
१३ बैशाख २०८१, बिहीबार
(March 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाहाल-नेपाल समूहलाई गल्तीहरुलाई स्वीकार गरी फेरि पार्टी एकताबद्ध गर्ने अन्तिम अवसर : गृहमन्त्री

गृहमन्त्री एवं नेकपा ओली समूहका सचिवालय सदस्य रामबहादुर थापाले दाहाल-नेपाल समूह सच्चिने यो अन्तिम अवसर भएको बताएका छन् ।

पोखरामा सोमबार आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘अविश्वासको प्रस्तावलाई अगाडि बढाएर उहाँहरुले सरकारलाई अपदस्थ गर्न खोज्नु भएको छ । त्यसलाई गल्ती ठानेर, अविश्वासको प्रस्तावलाई विथड्रल गरेर पार्टीलाई फेरि एकताबद्ध गर्ने अवसर उहाँहरुलाई छ ।’

उनले अदालतको फैसलाले अवसरवादीहरुलाई सच्चिने मौका दिएको समेत बताए । आफ्ना गल्तीहरुलाई स्वीकार गरेर फेरि पार्टीमा एकताबद्ध हुने अवसर आएको उनको भनाइ छ ।

उनले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पुर्‍याउन दाहाल-नेपाल समूहलाई आग्रह गरेका हुन् ।

गत भदौ २६ गते स्थायी कमिटी बैठकले पार्टी एकताको पक्षमा गरेको निर्णयमा फर्किन थापाले प्रचण्ड-माधव समूहलाई आग्रह गरे ।

उनले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाबाट देश अस्थीरतामा धकेलिएको जिकीरसमेत गरे ।

थापाले भने ‘यो देशको स्थायीत्वको पक्षमा अदालतको निर्णय भएको छैन । यो निर्णयले देशलाई अस्थीरतामा धकेलेको छ । यो अस्थीरता त हामीले देखिसक्यौं’।

अब संघर्ष अदालत र सडकबाट संसदमा प्रवेश गरेको भन्दै उनले संसदमा आफूहरु नै विजयी हुने जिकिरसमेत गरे । ‘यो नयाँ मोर्चामा हामीले विजय प्राप्त गर्ने छौं, हामीले विजय प्राप्त गर्नैपर्छ,’ उनले भने ।

प्रकाशित मिति: Mar 1, 2021

प्रतिक्रिया दिनुहोस्