Logo
१५ चैत्र २०८०, बिहीबार
(March 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाए कोरोनाविरुद्धको खोप

छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोदीले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् ।

कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो ।भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड-१९ बाट मुक्त बनाऔं ।’

मोदीले भारतका डाक्टर र वैज्ञानिकहरुले कोभिड-१९ विरुद्धको लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको भन्दै प्रशंसा पनि गरेका छन् ।

प्रकाशित मिति: Mar 1, 2021

प्रतिक्रिया दिनुहोस्