Logo
७ बैशाख २०८१, शुक्रबार
(February 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्री बादलको सचिवालयमा बसेर प्रचण्ड-माकुनेलाई सुचना चुहाउने बर्खास्त !

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नो सचिवालयका एक कर्मचारीलाई बर्खास्त गरेका छन् । गृहमन्त्री थापाले आफ्ना स्वकीय अधिकृत वीरु तामाङलाई आइतवार जिम्मेवारीमुक्त गरेका हुन् ।

मन्त्रीले आफ्नो स्वकीय सचिवालयमा कर्मचारी राख्नु वा हटाउनु सामान्य प्रक्रिया भएपनि तामाङलाई हटाउनुको कारण भने रोचक रहेको स्रोतको दाबी छ ।

‘तपाईं मेरो स्वकीय सचिवालयअन्तर्गत स्वकीय अधिकृत पदमा कार्यरत गरिरहनुभएको (रहिरहनुभएकोमा) मिति २०७७/१०/३० गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारीबाट मुक्त गरिएको व्यहोरा जानकारी तपाईंलाई गराइन्छ । साथै तपाईंले काम र कर्तव्य सम्पादन गर्नुभएकोमा धन्यवाद छ,’ मन्त्री थापाले तामाङलाई थमाएको पत्रमा भनिएको छ ।

स्रोतका अनुसार हाल नेकपा प्रचण्ड-नेपाल पक्षमा रहेका पूर्व माओवादी खेमाका एक प्रभावशाली नेतासँग निरन्तर सम्पर्कमा रहेको तथा सूचना चुहाएको अभियोगमा तामाङलाई हटाइएको हो ।

पूर्व माओवादी खेमाबाटै प्रतिनिधित्व गर्ने गृहमन्त्री थापा भने हाल नेकपा ओली समूहमा छन् ।

प्रकाशित मिति: Feb 28, 2021

प्रतिक्रिया दिनुहोस्