Logo
१३ बैशाख २०८१, बिहीबार
(February 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर बजारमा पहिरो जानेक्रम रोकिएन, आज मात्रै नेप्से ८० अंकले घट्यो

यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९.७४ अंकले घटेको छ।

आज कारोबार सुरु भएलगत्तै ओरालो लाग्न सुरु भएको परिसूचक ३.१२ अंकले घटेर २४७४.३९ अंकमा कायम भएको छ। आज सेन्सेटिभ परिसूचक १४.५३ अंकले घटेर ४४७.२९ अंकमा कायम भएको छ।

आज २०७ वटा कम्पनीको १ करोड ६० लाख १७ हजार कित्ता सेयर ९६ हजार १५१ पटक खरिद–बिक्री हुँदा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेले आजबाट नयाँ उपसूचक कार्यान्वनमा ल्याएको छ भने साविकको होटल समूहमा चन्द्रागिरी हिल्स लिमिटेडलाई पनि राखेर ‘होटल तथा पर्यटन’ समूह बनाएको छ।

आज चन्द्रागिरी हिल्सको सेयरमा राम्रो कारोबार भएका कारण होटल तथा पर्यटन समूह मात्रै हरियो देखिएको छ भने बाँकी सबै समूहको उपसूचक रातो देखिएको छ।

प्रकाशित मिति: Feb 28, 2021

प्रतिक्रिया दिनुहोस्