Logo
१३ बैशाख २०८१, बिहीबार
(February 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषाको लक्ष्मिनियाँमा एक युवक मृत अवस्थामा फेला

प्रदेश नं २ स्थित धनुषाको लक्ष्मिनियाँ गाउँपालिकामा आज एक युवक मृत अवस्थामा फेला परेका छन् ।

जनकपुरधाम–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ७ स्थित सडक छेउको नालामा युवक मृत फेला परेका हुन् ।

मृत फेला परेका युवक स्थानीय गर्भु महराका २५ वर्षीय छोरा ललन महरा रहेको स्थानीयले बताएका छन् । घटनास्थलमा प्रहरी पुगेको छ ।

स्थानीयका अनुसार शनिबार साँझ अत्यधिक मदिरा सेवन गरेका थिए । उनको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउने तयारी भइरहेको तथा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: Feb 28, 2021

प्रतिक्रिया दिनुहोस्