Logo
१५ चैत्र २०८०, बिहीबार
(February 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रसर उद्योगका कारण गाउँ नै जोखिममा परेपछि स्थानीयवासीको प्रदर्शन

प्रदेश नं १ स्थित मोरङको केराबारी गाउँपालिका-८ मा सञ्चालनमा रहेको क्रसर उद्योगका कारण गाउँ नै जोखिममा परेपछि स्थानीयवासी आन्दोलित बनेका छन् ।

महादेव मिनरल इन्ड्रष्टिज र शिवम क्रसरका कारण केराबारी गाउँपालिका-८ आमजुङ्गी बस्ती जोखिममा परेपछि स्थानीयवासी आन्दोलित बनेका हुन् ।

गाउँपालिका अध्यक्ष रोहित कार्की र क्रसर उद्योग सञ्चालक भीम पौडेलले मिलेमतोमा अवैध उत्खनन भएको स्थानीयको गुनासो छ ।खदम खोलामा दुई उद्योगले अबैध उत्खखन गरेको स्थानीय जीतबहादुर बस्नेतले बताए ।

गाउँपालिकाका अध्यक्ष कार्की पनि क्रसर उद्योग सञ्चालक हुन् । महादेव मिनरलमा उनको पनि लगानी रहेको स्थानीयको आरोप छ । अध्यक्ष कार्कीले प्रतिक्रिया लिन पुगेका पत्रकारसँग कुरा गर्न मानेनन् ।

प्रकाशित मिति: Feb 28, 2021

प्रतिक्रिया दिनुहोस्