Logo
७ बैशाख २०८१, शुक्रबार
(February 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सावधान् ! गर्भनिरोधक औषधिले बिगार्न सक्छ अनुहार

अहिलेको खानपिन तथा हावा पानीले गर्दा मानव स्वास्थ्यमा असर परिरहेको छ । अहिलेको प्रदुषर्ण हावापानीसँगै प्राय मानिसकोको छालमा समस्या भइरहेको छ ।

मुख्य गरेर अनुहारमा धेरै समस्या सृजना भएको पाइन्छ । मानिसको बढ्दो उमेर सँगै अनुहारमा दागधब्बा, चायाँपोतो र डन्डिफोरको समस्या आउने गर्छ ।

डन्डिफोर र अनुहारमा आउने अन्य समस्याको कारण तनाव, गलत खानपान, मेकअप र वायु प्रदुषण मान्ने गरिन्छ ।

बारम्बार मानिसको एउटै गल्ती गर्ने कारण पनि डन्डिफोरको समस्या आउने गर्छ । यसको अर्को सबैभन्दा ठूलो कारण गर्भ निरोधक औषधि हो ।

गर्भ रहनबाट बच्नका लागि प्रयोग गरिने औषधिले शारीरिक स्वास्थयका साथसाथै अनुहारको सुन्दरतामा पनि ह्रास ल्याउँछ ।

यस्ता औषधिले शरीरमा बन्ने हर्मोनमा पनि नराम्रो असर पार्छ । जसले हर्मोनलाई असन्तुलित गराउँछ । जसको कारण अनुहारमा दागधब्बा, एक्नी, तैलियपना र डन्डिफोर जस्ता समस्या ल्याउँछ ।

यसका साथै, कस्मेटिक सामानको धेरै प्रयोगले पनि डन्डिफोर आउँछ । कहिलेकाँही महिलाहरु पूरा दिन र रातमा मेकअप गरेर बस्छन् जसका कारण अनुहार खराब हुन्छ ।

यस्तै, धेरै दुग्ध पदार्थको सेवन, उच्च चिनी भएको पेयपदार्थ, तैलिय खानेकुरा, तारेको खानेकुरा, कालो मुसा र डन्डिफोर जस्ता समस्या आउँछ ।

यति मात्र होइन, कपाल र छालाको सफाई गर्दा अनुहारमा समस्या कम हुन्छ । कपालमा फोहोर जम्मा भएमा यसले छालाका छिद्रहरु बन्द हुन्छ ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: Feb 28, 2021

प्रतिक्रिया दिनुहोस्