Logo
१२ बैशाख २०८१, बुधबार
(February 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा कानुनीरुपमा फुटेपछि मात्र हाम्रो सत्ता समिकरण हुन्छ : राजेन्द्र महतो

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले नेकपा कानुनीरुपमा अलग नभएसम्म सत्ता समिकरणको कुरा हुन नसक्ने बताएका छन् ।

उनले नेकपा कानुनीरुपमा अलग भएमा मात्र सत्ता समिकरणबारे कुरा गर्ने बताए ।दलिय व्यवस्थामा फरक-फरक पार्टीबीच सहकार्य हुनु स्वभाविक भएको बताउँदै नेकपा दुई समूहमा विभाजन भएपनि कुन समूह आधिकारीक हो भन्ने प्रष्ट नभएकाले सत्ता समिकरणको कुराको अर्थ नभएको बताए ।

नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै नेता महतोले भने ,“कुनै व्यक्तिसँग सत्ता साझेदारी गर्ने होईन, पार्टी पार्टीबीच सहकार्य हुने हो, त्यसैले नेकपाको कुन समूह सिँगो नेकपा पार्टी हो भन्ने कानुनीरुपमा पुष्टि भएपछि मात्र सत्ता समिकरण गर्ने छौँ ।”

जुन पार्टी आधिकारीक हुन्छ उसैसँग सहकार्य हुन सक्ने बताए । देशमा राजनीतिक संकट नेकपा पार्टी कै कारण आएको उनको भनाई थियो ।

प्रतिगमन गर्ने र आन्दोलन गर्ने दुवै समूह एकै पार्टीको नाममा लडिरहेकाले यो संविधानको व्यवस्था विपरित भएको नतो महतोले तर्क गरे ।

प्रकाशित मिति: Feb 28, 2021

प्रतिक्रिया दिनुहोस्