Logo
१५ चैत्र २०८०, बिहीबार
(February 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्धको खोपलाई अनुमति, एक डोजमात्रै लगाए पुग्ने

जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्ध खोपलाई अमेरिकामा प्रयोगको लागि अनुमति दिइएको छ ।

यो कम्पनीको खोपलाई विश्वमा पहिलो पटक अमेरिकाले प्रयोगका लागि अनुमति दिएको होजोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्ध खोपलाई एक डोज मात्रै लाए पुग्ने छ ।

उक्त खोप आम मानिसले प्रयोग गर्ने फ्रिजमासमेत राख्न सकिन्छ ।यसअघि अमेरिकाले फाइजर र माडर्ना कम्पनीको खोपलाई प्रयोगका लागि अनुमति दिइसकेको छ ।

फाइजर र मोडर्ना खोपलाई भण्डारण गर्न डिप फ्रिजको आवश्यकता पर्छ । यसको खोप एक डोज लगाएर पुग्दैन दुई डोज अनिर्वाय लगाउनुपर्छ ।

जोन्सन कम्पनीको खोप प्रयोगको दृष्टिले सस्तो पर्ने देखिन्छ । यो खोपको मूल्य भने सार्वजनिक भएको छैन । यो कम्पनीले जुन महिनाको अन्तिमसम्म अमेरिकामा १० करोड डोज खोप उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति: Feb 28, 2021

प्रतिक्रिया दिनुहोस्