Logo
१३ बैशाख २०८१, बिहीबार
(February 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हो, कांग्रेस, जसपा र हामी मिलेर सरकार बन्दा भारतलाई कम्फर्टेबल हुन्छ : प्रचण्ड

विभाजित नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस, जसपा र हामी मिलेर सरकार बन्दा भारतलाई कम्फर्टेबल हुने बताएका छन् ।

उनले आफ्नो दल, कांग्रेस र जनता समाजवादी पार्टी मिलेर समीकरण बनाउँदा चीनलाई पनि उतिकै ‘कम्फर्टेबल’ हुने बताएका हुन् ।

दाहालले भने, ‘हामी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका लागि यो भन्दा कम्फर्टेबल हुँदैन । चीनका लागि पनि यो कम्फर्टेबल नै हुन्छ । राम्रो सम्भावना अहिले छ । यो राम्रो सम्भावनामा जानुपर्‍यो भनेर मैले भनेको छु ।’

प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रचण्डले भारतसँग राम्रो समझदारी नबनाइकन नेपालमा स्थायित्व र विकास नहुने समेत बताए ।

भारतसँग राम्रो सम्बन्ध नबनाइकन विकास र समृद्धि चुनौतिपूर्ण हुने उल्लेख गर्दै दाहालले भारतप्रति नकारात्मक सोच राखेर आफूले केही पनि नगरेको दाबी गरे ।

भारतसँग सम्बन्ध सुमधुर बनाउनुपर्छ र आपसी विश्वासको धरातल सिर्जना गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनको भनाइ छ । संसदले यथासम्भव छिटो नयाँ प्रधानमन्त्री दिने र सहमतिका साथ नेपालले नयाँ प्रधानमन्त्री पाउने समेत दाहालले बताए ।

प्रकाशित मिति: Feb 27, 2021

प्रतिक्रिया दिनुहोस्