Logo
८ बैशाख २०८१, शनिबार
(February 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक, प्रतिनिधिसभाको बैठक आह्वान लगायतका निर्णय हुँदै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको छ ।

सर्वोच्च अदातलको संवैधानिक इजलासले सरकारद्वार बिघठित प्रतिनिधिसभालाई पुर्नस्थापित गरिदिएपछि उक्त संसदको बैठक आह्वान लगायतका निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

बैठकबाट प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी छ । बिहीबारमात्र राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीले परामर्श गरेका थिए ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते संसद विघटन गरेकी थिइन् ।

तर सर्वोच्च अदालतले यही फागुन ११ प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमलाई असंवैधानिक ठहर गरेको थियो । साथै सर्वोच्चले १३ दिनभित्र संसद बैठक आह्वान गर्न सरकारलाई आदेश दिएको थियो ।

सो आदेशअनुसार आगामी २३ गतेभित्र संसद बैठक आह्वान गर्नुपर्छ ।

प्रकाशित मिति: Feb 26, 2021

प्रतिक्रिया दिनुहोस्