Logo
८ बैशाख २०८१, शनिबार
(February 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वमन्त्री नविन्द्रराज जोशीको अवस्था गम्भिर

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्र जोशिको स्वास्थ्य अवस्था गम्भिर रहेको चिकित्सकले बताएका छन् ।

मस्तिष्कघात भएपछि उपचारमा रहेका जोशीको अवस्था निकै जटिल रहेको चिकित्सकले बताएका हुन् ।

अस्पताल लैजाँदा गाडीमा बोलिरहेका उनी अस्पताल पुग्दा बोहोस भइसकेका थिए । सिटीस्क्यान गरेर हेर्दा टाउकोमा रगत जमिसकेको पाएपछि वीरबाट नर्भिक अस्पताल लगिएको थियो ।

चिकित्सकले जोशीलाई बचाउने आशा अझै ३० प्रतिशत रहेको बताएका छन् ।नेता जोशीको स्वास्थ्य अवस्थाबारे शुक्रबार दिउँसो जानकारी दिँदै उपचारको नेतृत्व गरिरहेका न्युरो सर्जन डा. राजीव झाले जोशी बाँच्ने थोरै भए पनि आफूहरूले आशा गरेको बताए ।

डा. झा भन्छन्, ‘अहिलेसम्म १२०र१३० मिलिलिटर पानी निकालेका छौं । उहालाई भेन्टिलेटरमा राखेका छौं ।’

यो अवस्था निकै जटिल भएको र यस्तो अवस्थामा पुगेका ६०-७० प्रतिशतलाई बचाउन नसक्ने उनले सुनाए । डा. झा भन्छन्, ‘उहाँलाई कसरी बचाउने भनेर हामी लागेका छौं ।’

चिकित्सक उनका अनुसार यस्तो अवस्थाबाट बाँचेकाहरुमा ठूलो प्यारालाइसिस लामो समयसम्म रहनसक्ने उनले बताए ।

मस्तिष्कघात भएपछि जोशीलाई वीर अस्पताल हुँदै नर्भिक अस्पताल लगिएको थियो ।

 

प्रकाशित मिति: Feb 26, 2021

प्रतिक्रिया दिनुहोस्