Logo
७ बैशाख २०८१, शुक्रबार
(February 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा प्रमुख सचेतकबाट देव गुरुङ बर्खास्त, विशाल भट्टराई नियुक्त

प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई बर्खास्त गरेका छन्।

शुक्रबार दिउँसो ओलीले प्रमुख सचेतवकबाट गुरुङलाई हटाएर सांसद् विशाल भट्टराईलाई नियुक्त गरेका हुन्।

ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री ओलीले गुरुङलाई हटाएर भट्टराईलाई प्रमुख सचेतक नियुक्त गरेको जानकारी दिए।

‘प्रधानमन्त्रीले देव गुरुङलाई हटाएर विशाल कमरेडलाई मुख्य सचेतक नियुक्त गरेको हामीलाई जानकारी गराउनुभयो’, नेम्वाङले भने, ‘आजैको मितिदेखि लागू हुनेगरी विशाल भट्टराई मुख्य सचेतक बन्नुभयो।’

भट्टराईलाई प्रधानमन्त्री ओलीले आजै संसदीय दलका उपनेता नेम्वाङसहितको उपस्थितिमा प्रमुख सचेतकको नियुक्तिपत्र दिएका छन् । खोटाङबाट दुईपटक निर्वाचित सांसद भट्टराई नेकपा केन्द्रीय सदस्य पनि हुन् ।

अनेरास्ववियुको राजनीतिबाट उदाएका उनी २०५१ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियु सभापति निर्वाचित भएका थिए ।

विधान अनुसार दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक मनोयन गर्ने व्यवस्था नेकपामा छ ।

पार्टी विभाजनले कानुनी मान्यता नपाइसकेको अवस्थामा विधिवत रुपमा नेकपाको संसदीय दल एउटै छ । सो दलबाट प्रमुख सचेतक गुरुङ र सचेतक शान्ता चौधरी थिए । चौधरी सचेतकमा यथावत रहेको उपनेता नेम्वाङले बताए ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको छ। नेकपा विभाजनपछि प्रमुख सचेतक गुरुङ प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा लागेका थिए। सोहीकारण ओलीले उनलाई प्रमुख सचेतक बनाएका हुन्।

प्रकाशित मिति: Feb 26, 2021

प्रतिक्रिया दिनुहोस्