Logo
१२ बैशाख २०८१, बुधबार
(February 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालाजु सडक विस्तारको विरोधमा काठमाडौंमा प्रदर्शन

बालाजु सडक विस्तार र कमलपोखरीमा कंक्रिटयुक्त संरचना बनाएको विरोधमा  काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

बालाजु सडक विस्तार र कमलपोखरीमा कंक्रिटयुक्त संरचना बनाएको विरोधमा कवि, लेखक तथा संरक्षणकर्मीहरुले आज बिहान माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा राजेन्द्र महर्जन, विद्या श्रेष्ठ, नारायण वाग्ले लगायत सहभागी थिए । अन्य व्यक्तिहरु परम्परागत नेवारी भेषभुषा र बाजागाजासहित प्रदर्शन सहभागी थिए ।

अभियानकर्मीहरुले ‘विकासको नाममा प्रतिगमन’ लेखिएको ब्यानर बोकेका थिए । बृहत नागरिक आन्दोलन र सम्पदा संरक्षण अभियानकर्मीहरुले  माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै उनीहरुले बालाजु सडक विस्तारको विरोध गर्नेहरुमध्ये विरोचन श्रेष्ठ र सुमन सायमीलाई प्रहरीले नियन्त्रणमा लिएकाले उनीहरुलाई तत्काल रिहाइको माग गरे ।

सम्पदा बचाउन माग गर्दै उनीहरु माइतीघर मण्डलाबाट कमलपोखरी पनि पुग्दैछन् ।

प्रकाशित मिति: Feb 26, 2021

प्रतिक्रिया दिनुहोस्