Logo
१३ बैशाख २०८१, बिहीबार
(February 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति र प्रधानमन्त्रीबीच संसद् पुनःस्थापनापछि पहिलो पटक भेटवार्ता

संसद् पुनःस्थापनापछि पहिलो पटक राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली बिहीबार साँझ शीतल निवास नै पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । सर्वोच्चले संसद पुनःस्थापनासँगै १३ दिनभित्र संसदको पहिलो बैठक बोलाउन राष्ट्रपति र प्रधानमन्त्रीका नाममा निर्देशनात्मक आदेश गरेपछि शीतलनिवास पुगेका प्रधानमन्त्री ओलीले आगामी राजनीतिक कदमबारे छलफल गर्न राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब डेढ घण्टा कुराकानी भएको स्रोतले बताएको छ ।संसद विघटनको कदम सर्वोच्च अदालतले उल्ट्याइदिएपछि राष्ट्रपति भण्डारीमाथि महाभियोग लगाउनेबारे पनि दलहरुबीच अनौपचारिक छलफल भइरहेका अवस्थामा प्रधानमन्त्री शीतलनिवास पुगेका हुन् ।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच संसदको बैठक कहिले डाक्ने भन्नेबारे छलफल भएको बुझिएको छ ।

प्रकाशित मिति: Feb 26, 2021

प्रतिक्रिया दिनुहोस्