Logo
११ बैशाख २०८१, मंगलबार
(February 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाका कारण थप ८२ जनाको मृत्यु भएको सीसीएमसीद्वारा पुष्टि

file photo

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोभिड–१९ का कारण थप ८२ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ७६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ४११ जनाको पीसीआर परीक्षण गरिएकोमा ११२ जनाको नतिजा पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ८४ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७० हजार २२३ पुगेको छ ।

हाल देशभर ७७० जना आइसोलेसनमा र ६६ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण यसअघि नै मृत्यु भएर गणनामा छुटेको तथ्यांक मिलान गरेर सार्वजनिक गरिँदा मृतकको संख्या धेरै देखिएको हो ।

प्रकाशित मिति: Feb 25, 2021

प्रतिक्रिया दिनुहोस्