Logo
८ बैशाख २०८१, शनिबार
(February 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एप्पलका ३० हजार कम्प्युटरमा रहस्यमय भाइरस आक्रमण

google picture

बिश्वभरका झण्डै ३० हजार एप्पल कम्पनीका कम्प्युटरमा रहस्यमय भाइरस आक्रमण भएको एक अनुसन्धानले जनाएको छ ।

सेक्योरिटी कम्पनी रेड क्यानरीका शोधकर्ताहरुका अनुसार झण्डै ३० हजार म्याकमा रहस्यमय भाइरस छिरेको हो ।शोधकर्ताहरुका अनुसार उक्त भाइरसको उद्धेश्य के हो भन्नेचाहिँ पत्ता लगाउन सकिएको छैन ।

एप्पलको म्याक अपरेटिङ् सिस्टममा आक्रमण गर्ने यसअघिका कम्प्युटर भाइरस भन्दा यो भाइरस फरक देखिएको र आश्चर्यजनक रुपमा हालसम्म यसले डिभाइसमा कुनै पनि असर छैन ।

शोधकर्ताले उक्त भाइरसलाई सिल्भर स्प्यारो नाम दिएका छन् ।एक ब्लगपोष्टमा कम्पनीले हालसम्म सो भाइरसबाट कम्प्युटरमा कुनै पनि खाले हानिकारक कार्यसमेत नभएको जनाएको छ ।

यो भाइरसमा सेल्फ डिस्ट्रक्ट मेकानिज्म रहेको छ जुन यसअघि साइबर आक्रमणकारीले प्रयोग गर्ने गरेको देखिएको थिएन । यसले कम्प्युटरमा कस्तो खाले प्रभाव पार्दछ भन्ने पनि हालसम्म प्रष्ट नभएको शोधकर्ता टोनी ल्याम्बर्ट बताउँछन् ।

उक्त भाइरस इन्टरनेट सर्चका क्रममा म्याक कम्प्युटरमा छिरेको हुनसक्ने अनुमान गरिएको छ । शोधकर्ताका अनुसार सिल्भर स्प्यारोमा एप्पलको आफ्नै एम वान चिपमा प्रयोग हुने कोड रहेको हुन्छ ।

शोधकर्ताका अनुसार यो भाइरसले गत वर्षको अन्त्यतिरबाटै एप्पल कम्प्युटरमा आक्रमण सुरु गरेको हुनसक्छ र फेब्रुअरी १७ सम्ममा विश्वका १ सय ५३ देशका २९ हजार १३९ वटा म्याकमा आक्रमण गरिसकेको छ ।

त्यसमध्ये अमेरिका, बेलायत, क्यानडा, फ्रान्स तथा जर्मनीमा संक्रमणदर उच्च देखिएको छ । यद्यपि विश्वभरमा प्रयोगमा रहेका दशौँ लाख म्याकको तुलनामा यो संख्या निकै कम हो ।

 

प्रकाशित मिति: Feb 25, 2021

प्रतिक्रिया दिनुहोस्