Logo
१२ बैशाख २०८१, बुधबार
(February 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अञ्जु पन्तले यसरी गरिन् बिहे (हेर्नुहोस् तस्बीर)

गायिका अञ्जु पन्तले हिजो बुधबार विवाह गरेकी छिन् । उनले प्रेमी थिर कोइरालासँग विवाह गरेकी हुन् ।

अञ्जुको क्रिश्चियन धर्म अनुसार मण्डलीमा विवाह भएको हो । उनका प्रैमी थिर पनि क्रिश्चियन धर्म मान्छन् । दुवैबीच एक वर्षयता प्रेमसम्बन्ध थियो ।

अन्जु र थिरले विवाहमा सीमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ । आफूहरुबीच विवाह भएको थिरले बताए । उनले आफूहरुले पाटनको चर्चमा बिहे गरेको बताए । कोरोनाको कारणले सीमित आफन्तका उपस्थिमा बिवाह गरेको थिरको भनाइ छ ।

अञ्जुको यो दोस्रो विवाह हो । पहिलो विवाह असफल भई पारपाचुके गरेकी हुन् । उनकी एक छोरी छिन् । छोरीकी आग्रहमा उनले विवाह गरेकी हुन् ।

 

प्रकाशित मिति: Feb 25, 2021

प्रतिक्रिया दिनुहोस्