Logo
१२ बैशाख २०८१, बुधबार
(February 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेलेब्रिटी सेफ सन्तोषको नेपाल आगमन : एर्यर्पोटमा भव्य स्वागत

सेलेब्रिटी सेफ मानिएका यूके मास्टरसेफ प्रोफेसनलका फाइनलिस्ट सन्तोष साह नेपाल आइपुगेका छन् । संघीय राजधानी काठमाण्डौ स्थित अन्तराष्ट्रिय एर्यर्पोटमा उनको भव्य स्वागत गरिएको छ ।

साह दुई महिना नेपालमा बस्नेछन् । यसक्रममा उनले नेपालको विभिन्न भागमा पुगेर आफ्नो नयाँ किताबको लागि रिसर्च गर्ने छन् ।

प्रतियोगितामा नेपाली खाना प्रस्तुत गरेर चर्चित बनेका साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नका लागि नेपाल पर्यटन बोर्ड, द ग्लोबल एकाडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन र भ्वाइस अफ सेफका सदस्यहरुले स्वागत गरेका थिए ।

साह प्यासिफिक एसिया ट्राभल एशोसिएशनको कार्यक्रममा मुख्य वक्ताका रुपमा सहभागी हुन आएका हुन् । उनलाई सो कार्यक्रममा पाटा पर्सनालिटी अफ द इयरले पनि सम्मानित गरिनेछ ।

प्रकाशित मिति: Feb 25, 2021

प्रतिक्रिया दिनुहोस्