Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ता साझेदारीको विषयमा प्रचण्ड-माधवले गरे जसपा नेताहरुसँग छलफल

अदालतले संसद् पुनस्थापना गरेपछि अहिले नयाँ सत्ता समीकरणको कसरत भइरहेको छ । प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि प्रचण्ड(नेपाल समूहले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र पारेको छ ।

नेकपा दाहाल-नेपाल समूहले आज सत्ता साझेदारीको विषयमा जसपाका नेताहरुसँग छलफल गरेको छ ।नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका छन् ।

छलफलमा जसपा नेपालका नेताहरुले सरकारमा सहभागी हुनका लागि केही सर्त अगाडि सारेका छन् । जसपाका नेताहरुले संविधान संशोधन, रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाइ भएपछि मात्र सरकारमा सहभागी हुनका लागि छलफल गर्न सकिने धारणा राखेको स्रोतले जनाएको छ ।

विगतमा पनि सहकार्यको नाममा उधारो सहमति गरेर सरकारमा सहभागी गराइएको तर ती सम्झौताहरु कुनै कार्यान्वयन नभएको गुनासो उनीहरुको रहेको स्रोत जनाएको छ ।

जसपा नेपालले साझा एजेण्डाको माग पनि गरेको छ । अब बन्ने सरकारले संविधान संशोधन, आन्दोलनका क्रममा थुनामा रहेका नेतालाई रिहाइ लगायतका विषयलाई साझा एजेण्डा बनाए मात्र सत्ता सहकार्यका लागि छलफल गर्ने कुरा राखेको छलफलमा सहभागी एक नेताले बताए ।

त्यस विषयमा नेकपा दाहाल-नेपाल  समूहका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले मधेशको माग पुरा गर्न आफूहरु शुरुदेखि सकारात्मक रहेको त्यसका लागि प्रयास पनि गरेको आउने दिनमा पनि त्यसको बारेमा छलफल गरेर अगाडि बढ्न सकिने बताएका थिए ।

जसपाले पनि राजनीतिक परिस्थति फेरिएसँगै दाहाल-नेपाल समूहसँग सहकार्य गर्न सक्ने जनाएको छ ।प्रतिनिधिसभामा जसपाका ३४ जना सांसद रहेकोमा हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन् ।

हिजो बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको सो समूहले आज संसदको तेस्रो ठूलो दल जसपाका नेताहरुसँग छलफल थालेको हो ।

प्रकाशित मिति: Feb 25, 2021

प्रतिक्रिया दिनुहोस्