Logo
१३ बैशाख २०८१, बिहीबार
(February 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चको फैसला नआउँदै पशुपतिनाथमा सुनको जलहरी राखेर फर्किइन् राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशपतिनाथ मन्दिरमा बुधबार सुनको जलहरी लगाउने काम सम्पन्न भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथमा सुनको जलहरी अनावरणको पूजा गर्ने कार्यसँगै जलहरी स्थापित गर्ने कार्य सम्पन्न भएको पशुपति विकास कोषले जनाएको छ।

गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए । सोही अनुसार बुधबार सुनको जलहरी राखिएको हो ।

जलहरी राखेपछि राष्ट्रपति भण्डारीले विशेष पूजा गरी फर्किएकी छन् । कोषका अनुसार पाँच दिनयता नेपाल र भारतका १२१ जना ब्राह्मणले पशुपतिनाथ मन्दिरमा वैदिक र शास्त्रीय विधिपूर्वक भएको क्षमापूजा तथा विभिन्न मुहूर्तमा भएका सङ्कल्प पूजाहरू पनि राष्ट्रपतिले विसर्जन गरेकी छिन्।

शास्त्रीय मान्यता एवं परम्परा अनुसार सुन लक्ष्मीको प्रतीक भएकाले शिवलिंगको जलहरिमा सुनको साटो चाँदी राख्ने चलन छ ।

यो परम्परा विपरीत सुनको जलहरि राख्न लागेको भन्दै स्थानीय एवं सम्पदाप्रेमीहरुले यसको विरोध गरिरहेका छन् । सुनको जलहरि राख्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दायर भएको छ ।

 

प्रकाशित मिति: Feb 24, 2021

प्रतिक्रिया दिनुहोस्