Logo
८ बैशाख २०८१, शनिबार
(February 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चको फैसला संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको फैसला संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा आएको बताएका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापना सम्बन्धी सर्वोच्च अदालतको फैसला संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएको उनले बताएका हुन्। अदालतको फैसलाले मुलुक ठूलो राजनीतिक दुर्घटनामा जानबाट जोगिएको उनको निष्कर्ष छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले मंगलबार संसद भंग गर्ने निर्णयलाई बदर गर्ने निर्णय गरे लगत्तै अध्यक्ष यादवले भने, ‘सर्वोच्चको फैसला संविधानवाद र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छ ।’

प्रकाशित मिति: Feb 23, 2021

प्रतिक्रिया दिनुहोस्