Logo
११ बैशाख २०८१, मंगलबार
(February 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धेरै जसो देशमा महिलाको कामुकतालाई पाप मानिन्छ : एकता कपूर

भारतीय बलिउड उद्योगकी टेलिभिजन क्विन एकता कपूरले महिलाको कामुकतालाई पाप मानिन्छ तर यौनको विषयमा उठाएको मुद्दा सही भएको बताएकी छन् ।

कपूरले बारम्बार महिलाहरुको अधिकारको आवाज उठाउने गरेकी छन् । उनले पछिल्लो समयमा फेरि एकपटक महिलाको निजी हकको बारेमा बोलेकी छन् ।

उनले भनेकी छन् ‘धेरैजसो देशका महिलाको यौनको विषयमा गरिने कुराकानीलाई पाप मानिन्छ । तर ‘लिपस्टिक अंडर माय बुर्का’, ‘द डर्टी पिक्चर’, ‘डॉली किटी’ र ‘वो चमकते सितारे’ जस्ता फिल्मले महिलाको यौनको विषयमा उठाएको मुद्दा सही भएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘अधिकांश देशमा महिलाको कामुकतालाई पाप मानिन्छ । मलाई थुप्रै पटक टीभि सीरियलमा महिलाहरुलाई सारी, सिन्दुर लगाएर देखाएको विषयलाई लिएर प्रश्न गर्ने गरिन्छ । तर देशमा महिलाको विकास भएको देख्दा निकै हैरान हुन्छु । सारी वा स्विमसुट लगाउनु महिलाको निजी इच्छा हो ।’

उनले रुढीबादी महिलाहरुको समस्यामा घरेलु हिंसाहरुको विषय धेरै हुने भएपनि अन्य महिलाहरुको समस्या अलग अलग हुने बताइन् ।

प्रकाशित मिति: Feb 23, 2021

प्रतिक्रिया दिनुहोस्