Logo
१५ चैत्र २०८०, बिहीबार
(February 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् विघटन मुद्दामा आज हेर्दाहेर्दैमा पेसी

संसद् विघटनविरुद्ध परेका रिट निवेदनमाथि आजका लागि ‘हेर्दाहेर्दै’ को पेसी तोकिएको छ ।

संसद् विघटन मुद्दामा संवैधानिक इजलासमा उक्त मुद्दामाथिको सम्पूर्ण सुनुवाइ प्रक्रिया पुरा भइसकेर फैसलाको अन्तिम चरणमा पुगेको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

आजदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर जुनसुकै बेला पनि फैसला हुनसक्ने इजलासले बताएको छ । सम्भवतः एक साता भित्रमा फैसला आउन सक्ने बताइएको छ ।

संसद् विघटनविरुद्ध १३ वटा रिट परेका थिए । उक्त रिटमाथि संवैधानिक इजलासमा गत माघ ४ गतेदेखि बहस सुरु भएको थियो ।

फागुन ७ गते बहस सकिएको थियो । प्रधानन्यायाधीश चोलेनद्र शमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेर सुनुवाइ भएको थियो ।

गत पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेकी थिइन । त्यसको विरुद्धमा सर्वोच्चमा रिट परेको थियो ।

सरकारको उक्त कदमको विरुद्धमा नेकपा दाहाल नेपाल समूह,विद्यार्थी सङ्गठन, नागरिक समाज, प्रतिपक्षी दलहरूलगायतले देशव्यापी आन्दोलन गर्दै आइरहेका छन् ।

प्रकाशित मिति: Feb 23, 2021

प्रतिक्रिया दिनुहोस्