Logo
६ बैशाख २०८१, बिहीबार
(February 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कञ्चनपुरमा घरायसी विवाद हुदाँ फरुवा प्रहार गरी श्रीमानको हत्या

सुदूरपश्चिम प्रदेश स्थित कञ्चनपुरमा एक महिलाले फरुवा प्रहार गरी श्रीमानको हत्या गरेकी छन् ।
कञ्चनपुरको बेलौरी नगरपालिका-६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी श्रीमानको हत्या गरेकी हुन् ।

आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरीले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको बुझिएको जानकारी दिएको छ ।

विहान ५ बजे घटनाबारे जानकारी पाएपछि त्यहा प्रहरीको टोली पुगेको र फरुवा प्रहार गर्ने वसन्तीलाई नियन्त्रण लिइसकेको प्रहरीले जनाएको छ ।

प्रहरी घटना स्थलमा पुग्दाखेरी चौधरीको टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको थियो ।

 

प्रकाशित मिति: Feb 23, 2021

प्रतिक्रिया दिनुहोस्