Logo
१५ चैत्र २०८०, बिहीबार
(February 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी निरीक्षकको लिखित परीक्षा नतिजा सार्वजनिक {नामावलीसहित}

नेपाल प्रहरीको प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

लोक सेवा आयोगद्वारा लिइएको प्रहरी निरीक्षक पदको लिखित परीक्षाको आयोगले सोमबार सूचना प्रकाशन गर्दै परीक्षा नतिजा सार्वजनिक गरेको हो ।

यही मङ्सिर २८, २९ र ३० गते परीक्षा सञ्चालन भएको थियो । परीक्षामा एक हजार नौ सय १८ जना सहभागी भएकामा दुई सय १३ जना उत्तीर्ण भएका छन् ।

प्रहरी निरीक्षकका लागि खुला तर्फ ८२ जना माग गरिएकोमा ११५ जना पास भएका छन् । यसैगरी अमर/अशक्त प्रहरी परिवारकाबाट ३ जनाको माग भएकोमा एक जना मात्रै उत्तीर्ण भएका छन् ।

यस्तै महिलाका लागि १३ जनाको माग भएको मा २१ जना छनौटमा परेका छन् । दलित कोटा तर्फ १० जनाको माग भएको थियो भने १५ जना छनौटमा परेका छन् ।

मधेसी तर्फ १८ जनाको माग भएकोमा ३२ जना छनोटमा परेका छन् । पिछडिएको क्षेत्रबाट ४ जनाको लागि माग भएकोमा १० छनोटमा परेका छन् ।

यसैगरी आदिवासी जनजातिबाट २१ जनाको माग भएकोमा ४७ जना उत्तीर्ण भएका छन् ।आयोगले अन्य बाँकी कार्यक्रमको लागि सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

हेर्नुहोस् नतिजाको (नामावलीसहित)

प्रकाशित मिति: Feb 23, 2021

प्रतिक्रिया दिनुहोस्