Logo
१५ चैत्र २०८०, बिहीबार
(February 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेकनको अध्यक्षमा बासुदेव नेपाल

स्वतन्त्र शैक्षिक परामर्र्श संघ नेपाल (फेकन)को अध्यक्षमा बासुदेव नेपाल निर्वाचित भएका छन् । फेकनको १० औं साधारण सभाले नेपाललाई निर्वाचित गरेको हो ।

शनिवार काठमाडौंमा आयोजित दशौं साधारण सभामा नेपाल र भुपाल तामाङ नेतृत्वमा दुइवटा प्यानल चुनावी मैदानमा होमिएको थियो । करिब २ सय जना प्रतिनिधि रहेको साधारण सभाले अध्यक्षमा बासुदेव नेपाल, उपाध्यक्ष द्वय प्रज्वल बस्नेत र हेमन्तराज दुलाललाई निर्वाचित गरेको हो । यसैगरि महासचिवमा राजु निरौला, सचिव द्वय उमेश कुश्वार र छविन्द्र ओझा, कोशाध्यक्षमा आनिल शर्मा पौड्याल र सदस्यहरुमा ईन्द्रजित गौतम, रेश्मा राजथला, सविन खड्का, सुदेश पोखरेल, दिनेश न्यौपाने र दिपा लामिछानेलाई निर्वाचित गरेको हो ।

निर्वाचनमा दुुइवटा प्यानल बनाएर होमिएको भएतापनि प्रतिनिधिहरुले दुवैतर्फका उम्मेदवारहरुलाई विजयी गराएको नतिजाले देखाएको छ । विधान अनुसार नवनिर्वाचित नेतृत्वले आगामी दुई वर्षसम्म फेकनलाई नेतृत्व प्रदान गर्नेछ ।

प्रकाशित मिति: Feb 22, 2021

प्रतिक्रिया दिनुहोस्