Logo
१३ बैशाख २०८१, बिहीबार
(February 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चको आदेशविपरीत धर्मेन्द्र बास्तोला रिहालगत्तै पुन: पक्राउ

सर्वोच्च अदालतले प्रतिबन्धित नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिए पनि प्रहरीले फेरि पक्राउ गरेको छ।

सरकारले विप्लवसँग वार्ताको तयारी गरिरहेका बेला सोमबार बास्तोलालाई तत्काल हिरासतमुक्त गर्न अदालतले आदेश दिएको थियो। तर रिहाइको आदेश दिएको केहीबेरमै प्रहरीले फेरि बास्तोलालाई पक्राउ गरेको हो।

बास्तोलाविरुद्ध काभ्रे र भोजपुरमा पनि मुद्दा रहेकोले पुनः पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए।

सिंहका अनुसार उनलाई काभ्रे लगेर मुद्दा चलाइने र पछि भोजपुर पुर्याइनेछ ।

सोमबार न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानुनी थुनाबाट मुक्त गर्न आदेश दिएको थियो।

बास्तोलाको तर्फबाट अनिमा बास्तोला भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन्।

महानगरीय प्रहरी वृत्त, सिंहदबारमा राखिएका नेता बास्तोलालाई सुनसरी जिल्ला प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा अघि बढाएको थियो।

प्रकाशित मिति: Feb 22, 2021

प्रतिक्रिया दिनुहोस्