Logo
१५ चैत्र २०८०, बिहीबार
(February 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेक्सिकोमा सैन्य विमान दुर्घटना, ६ जनाको मृत्यु

मेक्सिकोमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

एमिलियानो जापाटाको एयरपोर्टबाट विमानले उडान लिने क्रममा दुर्घटना भएको मेक्सिकोको सरकारी अधिकारीले बताएका छन् ।स्थानीय समयअनुसार दक्षिणपूर्वी राज्य भेराक्रुजमा वायु सेनाको विमान हिजो बिहान दुर्घटनामा परेको हो ।

विमान दुर्घटनामा मृत्यु हुनेको परिचय खुलिनसकेको त्यहाँका रक्षामन्त्रीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।विमान दुर्घटना हुनुको कारण खुलेको छैन । घटनाको अनुसन्धान थालिएको रक्षा मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Feb 22, 2021

प्रतिक्रिया दिनुहोस्