Logo
८ बैशाख २०८१, शनिबार
(February 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा फेरी कोरोना संक्रमण तिब्र फैलिदै, सार्वजनिक भेला गर्न रोक

छिमेकी देश भारतमा फेरी कोरोना संक्रमण तिब्र रुपमा फैलिन थालेपछि कडाइ  गरेको छ ।कोरोना महामारी तीव्र रुपमा फैलिन थालेपछि भारतको महाराष्ट्रमा सार्वजनिक भेलामा नै रोक लगाइएको छ ।

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कोरोनाको जोखिम बढेको भन्दै भीडभाडमा प्रतिबन्धको घोषणा गरेका छन् । राजनीतिक, धार्मिक तथा सामाजिक कार्यको नाममा भेला गर्न नपाइने उनले बताएका छन् ।

एक टेलिभिजनमार्फत नागरिकलाई सम्बोधन गर्दै उनले अबको केही दिन राजनीतिक आन्दोलन गर्न पनि नपाइने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाको महामारी तीव्र गतिमा फैलिरहेकाले यो निर्णय गरिएको र यो निर्णयले कोरोनाको नयाँ लहर हो की होइन भने अबको ८ देखि १५ दिनभित्र थाहा हुने उनले बताए ।

लकडाउनले कोरोनाको समस्या समाधान हुन नसके पनि भाइरसलाई नियन्त्रण गर्ने एक मात्र विकल्प भएको उनले बताए । मुख्यमन्त्री ठाकरेले कोरोना नियन्त्रणका लागि अपनाइएको सुरक्षाका मापदण्ड पालना गर्नु पर्ने र नगरे कारबाहीसमेत हुने बताएका छन् ।

कोरोना विरुद्धको लडाइँ जित्न मास्क नै उपयुक्त हतियार भएको पनि उनको भनाइ छ । कोरोना संक्रमण बढेपछि महाराष्ट्रको अमरावती र अकोला जिल्लामा एक हप्ताका लागि लकडाउन गर्न लागिएको छ ।

लकडाउन मार्च महिनादेखि लागू हुनेछ । लकडाउन भए पनि अत्यावश्यक सेवा भने सञ्चालन हुनेछन् । संक्रमण बढ्दै गएपछि पूणेमा रात्रिकालीन कर्फ्यु लगाइएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयकाअनुसार महाराष्ट्र, केरला, आन्ध्र प्रदेश, गोवा र चण्डीगढमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिले बढेको छ ।

प्रकाशित मिति: Feb 22, 2021

प्रतिक्रिया दिनुहोस्