Logo
६ बैशाख २०८१, बिहीबार
(February 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डडेल्धुरामा विद्यार्थीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

सुदूरपश्चिम प्रदेश स्थित डडेल्धुरामा १० वर्षीया विद्यार्थीलाई माथि जबरजस्ती बलात्कार गरेको आरोपमा ४७ वर्षीय शिक्षक पक्राउ परेका हुन् ।

गन्यापधुरा गाउँपालिका ४ को भुवनेश्वरी माध्यमिक विद्यालयका शिक्षक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपाल जानकारी दिए ।

विद्यालयले कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती बलात्कार भएको भन्दै प्रहरीसमक्ष उजुरी दिएको थियो।बालिका सोही विद्यालयमा अध्ययनरत छिन् ।

बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको छ ।मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढ्ने प्रहरीले बतायो ।

प्रकाशित मिति: Feb 22, 2021

प्रतिक्रिया दिनुहोस्