Logo
१२ बैशाख २०८१, बुधबार
(February 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पदभार ग्रहण गर्दे प्रदेश प्रमुख डा. झाको प्रतिबद्धता : ‘शीरमा देश र मनमा मधेश’

प्रदेश नं. २ का नवनियुक्त प्रदेश प्रमुख डा. राजेश झाले पदभार ग्रहण गरेका छन् । आजै काठमाडौं जनकपुरधाम आइपुगेका प्रदेश प्रमुख डा. झाले पदभार ग्रहण गर्दै आफ्नो प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् ।

उनले आफ्नो प्रतिबद्धता पत्रमा भनेका छन्, ‘ प्रदेश नं. २ भित्र रहेका विविधता, संस्कृतिको रक्षा, पहिचानको सम्मान, सद्भाव, विश्वास, देशप्रेम, भाइचारा र नागरिकमैत्री सरकार निर्माण गर्दै जानुपर्छ ।

देशहित र अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापना, सवलीकरण र सहकार्यको विकल्प नरहेकोले कतिपय पक्षमा तत्काल सुधारको खाँचो रहेको छ ।’

यस्तो छ, डा. झाको प्रतिबद्धता पत्रः

शीरमा देश र मनमा मधेश” राखेर आजबाट जन्मभूमिमा प्रदेश नं. २ को प्रदेश प्रमुखको रूपमा कार्य थालनी गर्दैछु । देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश नं. २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त, समृद्ध र समभावसहितको समाज निर्माणमा भूमिका निर्वाह गर्नेछु ।

जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज अशान्त र नागरिक असुरक्षित हुनसक्छ । प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा मेरो भूमिका कायम रहनेछ ।

प्रदेश नं. २ भित्र रहेका विविधता, संस्कृतिको रक्षा, पहिचानको सम्मान, सद्भाव, विश्वास, देशप्रेम, भाइचारा र नागरिकमैत्री सरकार निर्माण गर्दै जानुपर्छ ।

देशहित र अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापना, सवलीकरण र सहकार्यको विकल्प नरहेकोले कतिपय पक्षमा तत्काल सुधारको खाँचो रहेको छ ।देशभक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेश नं. २ मा काम गर्ने सौभाग्य पाएको छु ।

विविधतालाई अवसरको रूपमा लिने, अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम कायम राख्दै प्रदेश नं. २ लाई सकारात्मक रूपमा उदाहरणीय बनाउने कार्यमा बल पु¥याउने छु ।

आन्तरिक विभेद, असुरक्षा, कुनैपनि खाले दम्भ, अहंकार, दमन र अपराधलाई हामी सबै मिलेर समाधान गर्दै जानुपर्छ । युवामुक्त समाज, बालीमुक्त कृषि, भययुक्त भविष्य, सम्मानमुक्त जीवनले दीर्घकालीन पीडा दिन्छ ।

समभावमा आधारित समाज, देशप्रेमसहितको सोच, सवल नागरिक र गौरवान्वित भविष्यसहितको प्रदेश निर्माणमा मेरो भूमिका रहनेछ ।सामाजिक विभेद अन्त्य गरी राष्ट्रिय एकतामा निरन्तर बल पु¥याउन सक्नुपर्छ ।

प्रदेशभित्र प्रत्येक नागरिकले पूर्ण सुरक्षाको अनुभूति गर्न पाउनुपर्छ । प्रत्येकको भूमि, भावना र भविष्यको सुनिश्चितता प्रदान गर्न हामी सबैले बल पु¥याउनुपर्छ ।प्रदेश नं. २ मा सुशासन, सद्भाव, समभाव र समृद्धि कायम गर्न÷गराउन मेरो पूर्ण सहकार्य रहनेछ ।

………………………

डा.राजेश अहिराज

प्रमुख प्रदेश नं. २,

जनकपुरधाम

मिति : २०७७ फागुन ९ गते आइतबार

प्रकाशित मिति: Feb 21, 2021

प्रतिक्रिया दिनुहोस्