Logo
११ बैशाख २०८१, मंगलबार
(February 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ को बैठक स्थगित गर्न सत्ता पक्षको दबाब, सभामुखद्वारा अस्वीकार

प्रदेश १ को प्रदेश सभा बैठक स्थगित गर्न नेकपा ओली समूहले दबाब दिएका छन् ।

फागुन ९ गते आइतबार बोलाइएको प्रदेशसभा बैठक ओली समूहका मुख्यमन्त्री  राईले बैठक स्थगित गर्न सभामुख भण्डारीलाई आग्रह गरेका थिए तर सभामुखले अस्वीकार गरेका हुन् ।

राइले सभामुख प्रदीपकुमार भण्डारीलाई सूचना टाँसेर आजको बैठक स्थगन गर्न आग्रह गरेका थिए तर सभामुखले आज अविश्वास टेबल हुन्छ म रोक्न सक्दिनँ भनेका थिए ।

प्रदेश सभामा जारी हिउँदे अधिवेशनको तेस्रो बैठक आज दिउँसो २ बजे बोलाइएको छ । आजको बैठकमा मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव लगाउने कार्यसूची रहेको छ ।

मुख्यमन्त्री राई र सभामुखबीच आइतबार बिहान छलफल भएको थियो । मुख्यमन्त्री राईले अहिलेको अवस्थामा छलफल अघि बढाउन नमिल्ने बताएका थिए । तर सभामुख भण्डारीले अविश्वासको प्रस्ताव टेबुल गर्ने यस अघिकै कार्यसूची रहेकाले आज बैठक स्थगित गर्न नमिल्ने बताएका थिए ।

यसअघि माघ २५ मा अविश्वासको प्रस्ताव टेबुल गर्ने कार्यसूची रहेको थियो तर कार्यसूची प्रवेश नगरी बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति: Feb 21, 2021

प्रतिक्रिया दिनुहोस्