Logo
११ बैशाख २०८१, मंगलबार
(February 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ : आजको प्रदेश सभा बैठक पनि अवरोध गर्ने ओली समूहको तयारी

प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दै छ । संसद् सचिवालयले आज दिउसो बस्ने  बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी गरेपछि सत्तारुढ नेकपा (ओली समूह)ले बैठक अवरुद्ध गर्ने बताएको हो ।

तर सत्तापक्ष नेकपाको ओली समूहले भने मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न नदिने रणनीतिमा छ । यसअघि ओली समुहको अवरोधका कारण अविश्वास प्रस्ताव दर्ता हुने सकेको छैन ।

राइले सभामुख प्रदीपकुमार भण्डारीलाई सूचना टाँसेर आजको बैठक स्थगन गर्न आग्रह गरेका थिए तर सभामुखले आज अविश्वास टेबल हुन्छ म रोक्न सक्दिनँ भनेका थिए ।

मुख्यमन्त्री राईले भने अविश्वासको प्रस्ताव जबरजस्ती अघि बढाए प्रदेशसभा भंग गर्ने चेतावनी दिएका छन् । गत माघ २५ गते ओली समुहका सांसदहरूले विरोध जनाएपछि कार्यसूचीमा प्रवेशै नगरी बैठक स्थगित भएको थियो ।

नेकपाका दाहाल नेपाल समुहका ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । यस अघि माघ ७ गते बोलाएको बैठक ३ मिनेट बसेर स्थगन भएको थियो ।

ओली र प्रचण्ड-माधव दुवै पक्ष कांग्रेसलाई साथ लिने प्रयासमा छन् । कांग्रेसलाई साथ नलिई अविश्वासको प्रस्ताव पास वा फेल हुन सक्दैन ।

यद्यपि कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा उभिने कि विपक्षमा भनेर स्पष्ट निर्णय लिन सकेको छैन ।कांग्रेसले प्रदेशसभाको बैठक जसरी अघि बढ्ने र सोहीअनुसार निर्णय लिने जनाएको छ ।

प्रकाशित मिति: Feb 21, 2021

प्रतिक्रिया दिनुहोस्