Logo
६ बैशाख २०८१, बिहीबार
(February 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को प्रमुखमा राजेश अहिरज नियुक्त

नेपाल सरकारले प्रदेश न २ को प्रदेश प्रमुखमा राजेश झा ‘अहिरज’लाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहट निवासी झालाई प्रमुखमा नियुक्त गरेको हो ।

आज राष्ट्रपतिले संविधानको धारा १६५को उपधारा १ को खण्ड (ख) बमोजिम लितक परियारलाई पदमुक्त गरी अहिराजलाई नियुक्ति दिएकी हुन् ।

अहिरज राजनीतिक विश्लेषक साथै मधेवाणीका सम्पादक हुन् ।

प्रकाशित मिति: Feb 19, 2021

प्रतिक्रिया दिनुहोस्