Logo
१३ बैशाख २०८१, बिहीबार
(February 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनाथ सिंहको डिक्टरसिप निर्णय : भारतीय सेनामा अब मधेशी पनि भाग लिन पाउने

पहाडी समुदायका नेपाली मात्र भर्ना हुँदै आएका भारतीय सेनामा अब नेपालको मधेशी समुदायका युवाहरु पनि भर्ती हुन पाउने भएका छन्।

चौतर्फी दवाब पछि भारत सरकारले नेपालका मधेशी समुदयलाई पनि नेपाली मानेको हो । यस अघि मधेशी मूलका यूवालाई भारतीय सेनामा भर्ना लिइदैन थियो ।

भारत सरकारको रक्षा मन्त्रालयले सन् २०२०-२१ को भारतीय सेना गोर्खा रेजिमेन्टको भर्ना छनौटमा मधेशी समुदाय बाहुल्य रहेका जिल्लाका युवाहरुलाई पनि समावेश गर्ने निर्णय गरेको हो।

यसअघि मङ्गोलियन मूलका नेपालीलाई मात्र भारतीय सेनाको गोर्खा रिजुमेन्टमा भर्ना लिने गरिएको थियो ।

भने भारतले नेपालका मधेशीलाई नेपाली नै ठान्दैनन् भन्ने सम्मको आरोप खेप्नु परेको थियो ।

अहिले भने चौतर्फी दवाब पछि भारतले कुनै पनि नेपाली यूवालाई भारतीय सेनामा भर्ना लिन तयार भएको हो ।

रक्षा मन्त्री राजनाथ सिंहको डिक्टरसिप निर्णयपछि नयाँ भर्नाका लागि विज्ञापन समेत जारी गरिएको छ ।

प्रकाशित मिति: Feb 16, 2021

प्रतिक्रिया दिनुहोस्