Logo
१२ बैशाख २०८१, बुधबार
(February 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेमीले गर्भपतन गराउनको लागि औषधी खुखाउँदा एक युवतीको मृत्यु

प्रदेश नं २ स्थित पर्सामा औषधी खाएर गर्भपतन गर्दा एक युवतीको मृत्यु भएको छ ।

प्रेमीबाट गर्भवती भएकी पोखरीया नगरपालिका-९ स्थित बैरियाकी १६ वर्षीय युवतीलाई ५ महिनाको गर्भपतन गर्नका लागि प्रेमीले औषधी खुखाउँदा उनको मृत्यु भएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।

गाउँकै प्रेमीसँग सम्बन्धपछि उनी पाँच महिनाको गर्भवती भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पोष्टमार्टमको क्रममा ती युवती गर्भवती रहेको खुलेको एक प्रहरीले जानकारी दिए ।

युवतीको र युवकमध्ये कसैको परिवारजन वा प्रेमीकै उक्साहटमा उनले औषधी सेवन गरेको बताइएको छ।
गत शुक्रवार बिहान अचानक छटपटाउन थालेर बेहोस भएपछि उनलाई उपचारको लागि बिहान ५ बजे पोखरीया अस्पतालमा लगिएको थियो।

तर उनको ज्यान बाटैमा गएको उनका बुवाले बताए। घटनामा संलग्न रहेको आरोप लगाउँदै मृतक युवतीको परिवारजनले पोखरीया प्रहरीमा किटानी जाहेरी समेत दिएका छन् ।

तर चिकित्सकले एक महिनापछि भिसेरा रिपोर्ट आएपछि उनको मृत्युको कारण ओभर डोज औषधी सेवन हो कि अर्कै हो त्यसबारे पुष्टि हुने इलाका प्रहरी कार्यालय पोखरीय बताएको छ ।

प्रेमी भनिएका युवकले ललाइ फकाईफुलाई किशोरीसँग अनैतिक सम्बन्ध बनाएर गर्भवती बनाएको र औषधी खुवाएर बच्चा तुहाउन दुरुत्साहन गरेको वा परिवारजनले त्यस्तो चलाखी गरेको हुन सक्ने प्रहरीको आशंका छ।

जाहेरी परेका युवकमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Feb 16, 2021

प्रतिक्रिया दिनुहोस्