Logo
१५ चैत्र २०८०, बिहीबार
(February 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीका १२१ जवानलाई हवल्दारमा बढुवा सिफारिस {सूचीसहित}

नेपाल प्रहरीका १२१ जवानलाई हवल्दारमा बढुवा सिफारिस भएका छन् ।

सोमबार बसेको बढुवा समितिको बैठकले प्रहरी जवानको बढुवाको सिफारिस गरेको हो ।सोमबार बेलुका बढुवा सूची प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उप-समूह, सञ्चारतर्फका प्रहरी जवानहरुलाई सोही समूह, उप–समूहतर्फको प्रहरी हवल्दार पदमा बढुवाका लागि गरिएको हो ।

उक्त सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार भएको जनाएको छ ।

नेपाल प्रहरीका प्राविधिक समूह अन्तर्गत विभिन्न उप-समूहतर्फ रिक्त रहेका १२१ प्रहरी जवानलाई हवल्दारमा बढुवा सिफारिस गरिएको प्रहरी नायव निरीक्षक एवम् बढुवा समितिका सदस्य सचिव सुभाष चन्द्र नेपालले जानकारी दिएका छन् ।

हेर्नुहोस् सूचीसहित-

 

 

प्रकाशित मिति: Feb 16, 2021

प्रतिक्रिया दिनुहोस्