Logo
१३ बैशाख २०८१, बिहीबार
(February 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ सरकारद्वारा तीन वर्षमा प्राप्त गरेको उपलब्धी सार्वजनिक

प्रदेश नं २ सरकाले गएको तीन वर्षमा प्राप्त गरेको उपलब्धी सार्वजनिक गर्दै वार्षिकोत्सव मनाएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले सरकारको उपलब्धीलाई ६७ बुंदामा समेटेर प्रस्तुत गरेका थिए । उनले प्रदेशमा संचालनमा रहेको गौरबको योजनासहित लोकप्रिय योजनाहरुलाई उपलब्धीको रुपमा बताए ।

प्रदेशमा संचालन गरिएको बेटी पढाउ बेटी बचाउ अभियानमार्फत करिब सात हजार बालिकाको विमा गरिएको छ ।

प्रदेश सरकारले एक शहीद परिवार एक रोजगार कार्यक्रम अन्तर्गत २७ जनालाई रोजगार उपलब्ध गराएको छ ।

तीन वर्षको अवधिमा सरकारले ३९ वटा विधेयक प्रमाणीकरण गरेर कार्यान्वयनमा ल्याएको छ भने २२ थप विधेयक प्रदेशसभामा छ ।

६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा कम्तीमा ५ किलोमिटर सडक निर्माण गरी ३ सय २० किलोमिटर पक्की सडक निर्माण कार्य अघि बढाएकोलाई उपलब्धी बताएको छ ।

प्रदेशका किसानलाई च्याउको वीउ वितरण कार्यक्रमलाई पनि प्रदेश सरकारले उपलब्धीको रुपमा लिएको छ ।

प्रदेश सरकार गठन हुदा पाँच स अर्थात शिक्षा स्वास्थ्य, सडक, सिचाई र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढने दावी गरेको थियो ।

तर, प्रदेश सरकारले गरेको विकास निर्माण कामको अझै अनुभूति हुन नसकेको आमजनताको भनाई छ ।तत्कालीन संघीय समाजवादी पार्टी र राष्टिय जनता पार्टी गठबन्धन सरकारको नेतृत्व गर्दै लालबाबु राउतले २०७४ फागुन ३ गते सथप लिएका थिए ।

प्रकाशित मिति: Feb 15, 2021

प्रतिक्रिया दिनुहोस्