Logo
१५ चैत्र २०८०, बिहीबार
(February 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेत्री दिया मिर्जा विवाह बन्धनमा बाधिदैँ

बलिउड अभिनेत्री दिया मिर्जा आज सोमबार १५ फेब्रुअरीमा विवाह बन्धनमा बाधिदैँ छन् । उक्त विवाह समारोहमा नजिकका आफन्त र साथीभाइको उपस्थिती हुने बताइएको छ ।

दियाले बैभव नामका मुम्बईका एक व्यापारीसँग विवाह गर्न लागेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उनी बान्द्राको पाली हिल एरियामा बस्छन् ।

यी दुई केही समयदेखि डेट गरिरहेका छन् ।दियाले सन् २००० मा मिस इन्डिया एशिया प्यासिफिकको ताज जितेकी थिइन् ।

उनले आफ्नो करियरको सुरुवात फिल्म ‘रहना हे तेरे दिल मे’ बाट गरेकी थिइन् । उनलाई अन्तिम पटक फिल्म ‘थप्पड’ मा देखिएको थियो । हाल उनी तेलुगु फिल्म ‘वाइल्ड डग’ को सुटिङ गरिरहेकी छिन् ।

दियाले यसअघि साहिल सांगासँग सन् २०१४ मा विवाह गरेकी थिइन् । उनले सन् २०१९ मा श्रीमान साहिलसँग अलग्गिएको घोषणा गरेकी थिइन् ।

उनको पहिलो विवाह पाँचवर्षसम्म चलेको थियो ।दियाले सोसल मिडिया पोस्टमार्फत् आफ्नो सम्बन्धविच्छेदबारे जानकारी दिएकी थिइन् ।

 

 

 

 

प्रकाशित मिति: Feb 15, 2021

प्रतिक्रिया दिनुहोस्