Logo
६ बैशाख २०८१, बिहीबार
(February 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानव अधिकार रक्षकहरुको काममा कमी आएको

मानव अधिकार रक्षकहरु ‘को र कस्लाई’ भन्ने कुरा नै निश्चित नभएको कारणले गर्दा पनि काम गर्न सहज नभएको कुरा एक कार्यक्रमका वक्त्ताहरुले वताएका छन् ।

नेपालमा मानव अधिकारकाे अवस्था : अनुस्नधनात्मक अध्ययन विषयक अन्त्तरक्रिया वोल्ने वक्त्ताहरुले मानव अधिकार रक्षकको कुरा उनिहरुको परिभाषामा नै रुमलिएको आवस्था रहेको वताएका हुन् ।

अनौपचारिक सेवा केन्द्र इन्सेकको आयोजनमा भएको उक्त्त कार्यक्रममा वाल्दै वक्त्ताहरुले मानव अधिरकारका रक्षकहरुको काममा कमी अएको ,रक्षकहरुले अहिलेको समयमा आफ्नो भुमिका कसरी निभाउने अन्यौलता भएको हुँदा पनि मानव अधिकार रक्षकको काममा कमी आएको वताएका छन् ।

त्यस्तै उनिहरुले पुरुषको तुलनामा महिला मानव अधिकार कर्मीहरु स्वयमले आप्नोे मानव अधिकारको हनन् भएको पनि वताएका छन् ।

उनिहरुले महिला मानव अधिकार रक्षक भएकैै कारणले गर्दा घर , कार्यलय, समाज अन्य क्षेत्रमा हिसामा पर्नु परेको अनुभवको पनि उजागर गरेका थिए ।

मानव अधिकार रक्षका रुपम पहिलो पक्तीमा रहेर काम गने् सञ्चारकर्मीहरुलाइ पनि निकै चुनौती रहेको वताएका छन् ।

कार्यक्रममा सहभागि रहनु भएका सञ्चारर्कीहरुलाइ उचित मात्रमा मानव अधिकारको विषयम ज्ञान नभएको कारणले गर्दा पनि समचार लेखनमा कमी आएको वताएका थिए ।

मनवअधिकारविज्ञ अच्युत अर्चायलेमानव अधिकार सम्वन्धि ८६ वटा कानुन रहेकोे छ भने ५६ वटाले मात्र मानव अधिकार रक्षकको काम गर्ने गरेको वताएका छन् ।
कार्यक्रम उनले कार्यक्रममा नेपालमा भएका मानव अधिकार रक्षक सम्वन्धी प्रचलीत कानुनुहरुको बारेमा बताउँदै कार्यक्रमको सहजिकरण गरेका थिए ।

उनले मानवअधिकार रक्षकको मानवअधिकारको अवस्था मानव अधिकार रक्षकको रुपमा रहेका सञ्चारकर्मीहरुको मानवअधिकारको अवस्था महिला मानवअधिकार रक्षकको मानवअधिकारको अवस्थाको विषय छलफलमा ल्याएका थिए ।उक्त्त कार्यक्रममा मानव अधिकारको क्षेत्रमा काम गर्ने व्यक्तीहरुको सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति: Feb 12, 2021

प्रतिक्रिया दिनुहोस्