Logo
१२ बैशाख २०८१, बुधबार
(February 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री र थाईराजदुत भेट- ‘बौद्धतिर्थस्थलले जुटाएका अवसरहरूलाई प्रयोग गरौं’

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाईल्याण्डका महामहिम राजदुत भोषित भोरासाफबीच आज बालुवाटारमा शिष्टाचार भेतवार्ता भएको छ ।

भेटमा प्रधानमन्त्री र महामहिम राजदुतबीच दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको थियो ।

भेटमा प्रधानमन्त्रीले राजदुत भोरासाफको सफल कार्यकालका लगि शुभेच्छा व्यक्त गर्दै यसै अवधिमा दुई देशबीच सम्बन्धका नयाँ आयामहरु पहिल्याउन सकिने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले दुई मुलुकबीच बौद्ध धर्ममार्फत जोडिएका साँस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तिर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिइनुपर्ने धारणासमेत राखेका थिए ।

साथै प्रधानमन्त्रीले दुई देशबीच कुटनीतिक सम्बन्ध ६२ वर्षअघि स्थापना भए पनि यि दुईको सम्बन्ध भने त्यसभन्दा धेरै लामो रहेको समेत उल्लेख गरेका छन् ।

यस सम्बन्धलाई थप उचाई दिन नयाँ सम्भावनाहरु पहिल्याउनु पर्र्ने धारणासमेत उनले राखे । भेटका क्रममा महामहिम राजदुत भोरासाफले थाइल्याण्ड र नेपालको भैरहवा विमानस्थलबीच सिधा हवाई सम्बन्ध जा्ेड्न सकिए नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिने बिचार व्यक्त गरेका छन् । ।

प्रकाशित मिति: Feb 12, 2021

प्रतिक्रिया दिनुहोस्