Logo
७ बैशाख २०८१, शुक्रबार
(February 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अक्षय कुमारसँग ‘इन्गेजमेन्ट’ गरेपछि टुटेको थियो यी अभिनेत्रीको सम्बन्ध

बलिउड दुनियाँ एक रंगमञ्चको सागर भन्दापनि फरक पर्दैन । यहाँ धेरै प्रकारका सम्बन्ध सुनिने गर्छ ।

त्यसमाथी बलिउड कलाकारको जीवनसँग जोडिएको प्रेम सम्वन्ध, बे्रकअपका , डिभोस जस्ता कुरा धेरै सुनिने गर्छन् ।

कतिको विवाहको लागि इन्गेजमेन्ट पनि हुन्छ फेरि पनि त्यो जोडिको ब्रैकअप भएको पनि हामीले सुनेका छौ । यो एक बलिउड संस्कारजस्तै भइसकेको छ ।

बलिउड सेलिब्रेटीको जीवनमा यी सबकुरा एक सामान्य मानिन्छ । जसमध्ये अभिनेता अक्षय कुमारको प्रेमसम्बन्ध पनि चर्चामा आउने गर्छ ।

अभिनेता अक्ष कुमार आफ्नो करियरमा सफलता हासील गरेपनि प्रेमको मामीलामा त्यति सफल पाउन नसकेको देखिन्छ ।

हुन त उनको नाम बलिउडका धेरै हिरोनीसँग जोडिने गर्छ । तर पनि अक्ष कुमार रियलमा अभिनेत्री रविना टंडनको प्रेममा परेका थिए । उनीहरुको भेट मोहरा फिल्मको सेटमा भएको थियो ।

उनीहरुले गोप्य रुपमा नै सम्बन्धलाई प्रगाढ बनाए । प्रेमसम्बन्ध गाढा भएपछि उनीहरुले मन्दिरमा गएर गोप्य रुपमा इन्गेजमेन्ट गरे ।

रविना आफ्नो प्रेममा निकै विस्वस्त थिइन् । उनले इन्गेजमेन्टको खुलासा मिडियासम्म पुर्याइन् ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्म खिलाडिँयो के खिलाडी मा अभिनेत्री रेखा र अक्षय कुमारको दृश्यले रविना निकै चिन्तित भइन् । त्यसपछि रविनाले अक्षयसँग टाढिने निर्णय लिइन् ।

मिडियाका अनुसार रविनाले उक्त विषयमा सार्वजनिक रुपमा नै विरोध जनाएकी थिइन् । उनले अक्षयलाई मुम्बईभरीका युवतीहरुलाई प्रपोज गरिसकेको र उनीहरुका आमाबाबुलाई ड्याडी मम्मी भनेर बोलाउनुपर्ने दिन पनि आउने भन्दै आक्रोश पोखेकी थिइन् ।

अभिनेता अक्षयले भने रोजश खन्नाकी छोरी ट्विकंल खन्नासँग विवाह गरे ।अहिले उनीहरु आफ्नो जीवन खुसिसाथ विताइरहेका छन् ।एजेन्सी

प्रकाशित मिति: Feb 12, 2021

प्रतिक्रिया दिनुहोस्