Logo
१३ बैशाख २०८१, बिहीबार
(February 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रियंकालाई दिए अभिनेताको जति पारिश्रमिक मागेपछि सेटबाट लखेट्ने धम्की !

अभिनेत्री प्रियंका चोपाड एक बलिउड तथा हलिउडकी चर्चीत अभिनेत्री मध्ये एक हुन् । उनले बलिउडबाट हलिउडसम्मको फिल्ममा अभिनय गरेकी छन् ।

पछिल्लो समयमा बलिउड बजार भित्रभएका धेरै कुराहरु एक एक गर्दै बाहिरी रहेका छन् । बलिउड भित्र एकदम नाताबाद हावी रहेको पनि आरोप रहेको छ ।

हालसाले अभिनेत्री प्रियंकाले पनि बलिउड भित्रको केही नकरात्मक कुरालाई बाहिरउजागर गरेकी छन् । उनले बलिउडभित्रको पितृसत्ता र फेभरिटिज्मको बारेमा पनि लेखेकी छिन् ।

चोपडाले आफ्नो अटोबायोग्राफी अनफिनिश्ड लेखेकी छिन् । उनले उक्त किताबमा बलिउडका विषयमा थुप्रै विषयबस्तुको उजागर गरेकी छिन् ।

उनले आफ्नो जीवनीमा स्किम्ड फ्रम द काउचको पोडकास्टको विषयमा पनि लेखेकी छिन् । उनले फिल्मको विषयमा लेखेकी छिन् । उनले फिल्मका को स्टारको विषयमा कुनै पनि जानकारी नदिइ आफ्ना प्रोड्युसर र निर्देशकले बढी पारिश्रमिक मागेको विषयलाई लिएर धम्की दिएको खुलाएकी छिन् ।

उनले निर्देशक र प्रोड्युसरलाई आफ्ना को स्टार अभिनेताको जति पारिश्रमिक माग्दा सेटबाट लेखेट्ने धम्की समेत दिएको बताइन् ।

उनले एउटा फिल्मबाट सजिल्यै अभिनेत्री परिवर्तन हुने गरेको समेत खुलाइन् । उनलाई उक्त सेटमा एउटा चेक दिँदै निर्देशकले भने, ‘उनले मलाई चेक दिँदै अभिनेताको भन्दा कम भएको भने । अनि यस्ता केटीहरु यो अवसरका लागि जत्ति पनि भेटिन्छन् । र तपाईँलाई थाहा नहोला फिल्म सेटबाट अभिनेत्री सजिल्यै बदलिन्छन् ।’ एजेन्सी

 

 

प्रकाशित मिति: Feb 11, 2021

प्रतिक्रिया दिनुहोस्