Logo
१३ बैशाख २०८१, बिहीबार
(February 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाडीभित्र यौनसम्पर्क गर्नेलाई दुई वर्ष कैदको सजाय

अमेरिकाको ओहाइयोका माध्यमिक विद्यालयका एक पूर्वशिक्षिकालाई दुईजना आफ्ना विद्यार्थीसँग यौन सम्पर्क राखेको अभियोगमा दुई वर्ष लामो कारबास सजाय तोकिएको छ ।

‘लाउरा डन्कर’ नामक ती शिक्षिकाले आफ्ना धेरै विद्यार्थीसँग थुप्रै पटक आफ्नै घरमा र पार्कमा आफ्नै कारभित्र यौन सम्पर्क राखेको बताइएको छ । फोक्स–८ का अनुसार गत अक्टोबरमा अदालतले उनलाई दुईवटा यौन अभियोगमा दोषी ठह¥याएको थियो ।

बिहीबार सुनाइएको सजायअनुसार उनलाई प्रत्येक अभियोगमा दुई वर्ष कैद तोकिएको छ । उनलाई दुईवटै सजाय एकै पटकमा भुक्तानी गर्ने मौका दिइएको हो । कारागार मुक्त भइसकेपछि पनि उनलाई पाँच वर्षसम्म परीक्षणकालमा राखिने प्रहरीले जनाएको छ । तेश्रो दर्जाको यौन अपराधी ठहर गरिएकी डन्करले जीवनभरि प्रत्येक ९० दिनमा प्रहरी कार्यालयमा उपस्थित भइरहनुपर्ने भएको छ ।

हाल ३१ वर्षीया डन्कर कुनै समय ओहाइयोको बेन्डफोर्डस्थित बेडफोर्ड हाइस्कुलमा शिक्षिका थिइन् । ती यौन घटनाहरू शिक्षिका हुँदा नै सन् २०१८ को १ नोभेम्बरदेखि सन् २०१९ को १९ अक्टोबरबीच घटेका थिए । उनी आफूविरुद्ध अनुसन्धान भइरहेको थाहा पाएपछि प्रमाण नष्ट गर्न खोजेको अभियोगमा पनि दोषी ठहर भएकी हुन् ।

प्रकाशित मिति: Feb 10, 2021

प्रतिक्रिया दिनुहोस्