Logo
७ बैशाख २०८१, शुक्रबार
(February 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा भोली हुने विशाल जनप्रदर्शन सफल बनाउन प्रचण्ड-माधवको अपील {भिडियोसहित}

नेकपा दाहाल-नेपाल समुहले भोलि बुधबार काठमाडौंमा विशाल जनप्रदर्शन गर्दैछ ।

उक्त जनप्रदर्शन सफल बनाउनको लागि दाहाल-नेपाल समुहको अध्यक्षद्वयले विशेष भिडियो मार्फत अपील गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुष ५ गते निर्वाचन घोषणा गरेसँगै नेकपा दुई समुहमा विभाज भई दाहाल-नेपाल समुहले निरन्तर संसद् विघटनविरुद्ध आन्दोलन गरिरहेको छ ।

संसद् पुनस्थापना नहुन्जेलसम्म सडकमा आन्दोलन गरीरहने नेकपा दाहाल -नेपाल समुहको अडान रहेको छ ।

संसद् विघटनविरुद्ध प्रतिपक्ष राजनीति दलहरुले पनि चर्को विरोध गर्दै आएका छन् । सर्वोच्वमा संसद् विघटनविरुद्ध मुद्धामा सुनुवाइ भइरहेको छ । सबै राजनीतिक दलहरुले अदालतको फैसला कुरेर बसीरहेको अवस्था रहेको छ ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्