Logo
१३ बैशाख २०८१, बिहीबार
(February 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मन्त्रिपरिषद् बैठकले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको स्रोतले जानकरी दिएको छ ।

ऊर्जा मन्त्रालयले उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । त्यसपछि उनलाई कायममुकायमको जिम्मेवारी दिइएको थियो ।

तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट लेखनाथ कोइरालालाई निमित्तको जिम्मेवारी दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बरिष्ठ अधिकारीलाई पन्छाएर कनिष्ठलाई निमित्तको जिम्मा दिएको भन्दै मन्त्री पुनसँग असन्तुष्टि पोखेपछि शाक्यलाई प्राधिकरणको नेतृत्वमा ल्याइएको थियो ।

 

प्रकाशित मिति: Feb 9, 2021

प्रतिक्रिया दिनुहोस्