Logo
११ बैशाख २०८१, मंगलबार
(February 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जव एयर होस्टेजले विमानमै सेक्सका लागि प्रस्ताव गरिन…

ब्रिटिस एयरवेजकी एयर होस्टेजले उडानका क्रममा यात्रीसँग यौन सम्बन्धको अफर गरेको विषयमा छानबिन हुने भएको छ ।

यति मात्रै होइन, उनले आफ्ना ग्राहकलाई माइल हाई क्लबमा सामेल हुन समेत अफर गरेकी थिइन् । विमानको पोशाकमा नै उनले सामाजिक सञ्जालमा अश्लील तस्वीरसमेत पोस्ट गरेकी थिइन् ।

यो विषयमा चौतर्फी आलोचना भए पनि ब्रिटिस एयरले माफी माग्दै छानबिन सुरु गरेको हो ।

डेली मेलका अनुसार फ्लाइटमा यात्रीको आँखा छलेर लिएको तस्वीर पोस्ट गर्दै उनले लेखेकी छन्, ‘प्रिय यात्री, म उडानका क्रममा मनोरञ्जनका लागि तपाईंहरूकी हुँ । तपाईं मबाट के गराउन चाहनुहुन्छ ?’ यो. पोस्ट भाइरल बनेपछि छानबिन सुरु भएको हो ।

द सनलाई दिएको एक अन्तर्वार्तामा ब्रिटिस एयरकी एक एयर होस्टेजले आफूले विमानमा अन्डरवयर २५ युरोमा बेचेर अतिरिक्त आम्दानी गरेको उल्लेख गरेकी छन् ।

त्यसका साथै उनले वान टु वान सेवाका लागि पनि अतिरिक्त पैसा लिने गरेकी थिइन् । आफ्नो ब्लगमा उनले ग्राहक पैसा तिर्न सक्षम भएमा उडानका क्रममा ‘वयस्क मनोरञ्जन’ समेत गर्न सक्ने बताएकी छन् ।

उनले ग्राहकसँग भेट्नका लागि ५० युरोको ‘सेक्युरिटी फिस’ दिनुपर्ने उल्लेख गरेकी छन् । यो फिस पनि माग अनुसार फरक हुने उनको भनाइ छ ।

ब्रिटिस एयरका प्रवक्ताले आफूहरूले सबै सहयोगीबाट उच्चस्तरको व्यवहारको अपेक्षा गरेको भन्दै यो घटनाको छानबिन भइरहेको जनाएका छन् ।

प्रकाशित मिति: Feb 8, 2021

प्रतिक्रिया दिनुहोस्