Logo
८ बैशाख २०८१, शनिबार
(February 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा मोटरहेड स्पोर्ट्स बाइकको मूल्य बढ्यो, थाहापाउनुहोस् नयाँ मूल्य सूची!

नेपाली बजारमा उपलब्ध मोटरहेडको स्पोर्ट्स मोडल बाइको मूल्य बढेको छ । नेपालका लागि मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले यो बाइकको मूल्य वृद्धि भएको बताएको छ ।

अफरोड र रोड गरी दुई भर्सनमा उपलब्ध मोटरहेड बाइकको मूल्यमा ८ हजार र ५ हजार रुपैयाँ वृद्धि गरिएको छ । अब अफरोड टायरयुक्त स्पोर्ट्स मोडलको मूल्य ३ लाख ६८ हजार र रोड टायरयुक्त मोडलको मूल्य ३ लाख ७० हजार रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ ।

त्यसैगरी एक्स टर्क र एमएच १५० आरको मुल्य क्रमशः ३ लाख ८० हजार र २ लाख ८८ हजार पर्छ ।काठमाडौंको टेकु र मित्रपार्क सहित देशभर कम्पनीले डिलर नेटवर्कमार्फत मोटरहेड बाइकको बिक्री, बिक्री पछिको सेवा तथा स्पेयर पार्ट्स सेवा उपलब्ध गराइरहेको छ ।

ललितपुरको धोवीघाट, भक्तपुरको सल्लाघारी र काठमाडौंको बालाजूमा आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडको आफ्नै सुविधासम्पन्न शोरुम छ ।

काठमाडौं बाहिर बनेपा, नेपालगञ्ज, चितवन, वीरेन्द्रनगर, वीरगन्ज, तुलसीपुर, पोखरा, इटहरि, बागलुङमा कम्पनीले डिलर विस्तार गरिसकेको छ । नेपाल अटो

प्रकाशित मिति: Feb 8, 2021

प्रतिक्रिया दिनुहोस्